बागलुङको माझखर्कमा भोलिदेखि दशैं मेला, तयारी पूरा
बाग्लुङ | असोज १९, २०८१
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क चगाडीमा भोलि असोज २० देखि २३ गतेसम्म हुने दशैं मेलाको तयारी पूरा भएको छ ।
माझखर्कस्थित शिव लेकाली जीवन ज्योति युवा क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित दशैं मेलाको तयारी पूरा भएको क्लबका अध्यक्ष मनबहादुर घतीमगरले जानकारी दिए ।
क्लबको २३ औं वार्षिकोत्सव एवम् दशैं मेलाको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला क्यारिमबोर्ड प्रतियोगिता, घैटोफोड प्रतियोगिता र म्युजिकल चियर प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेको उनले बताए ।
खुल्ला वडास्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले नगद ४० हजार उपविजेता हुने टिमले २० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भलिबल खेल संयोजक तेजिन्द्र रोका मगरले जानकारी दिए ।
भलिबल प्रतियोगितामा सहभागिता जनाउनका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिकाका ५ वडा र काठेखोला गाउँपालिकाको फापरखेत र गौश्वारा गाउँलाई मात्र समावेश गर्ने संयोजक रोकाले बताए ।

यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः १०, ६ र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः ७ र ३ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खुल्ला सामुहिक नृत्य प्रतियोगिता र क्यारिमबोर्ड प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १/१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
खेलकुदको विकाससँगै सामाजिक कार्यमा क्रियाशिल क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिता आयोजना गर्ने निर्णय बमोजिम यस वर्ष पनि गाउँपालिकाका भित्रका वडालाई मात्र भलिबल प्रतियोगितामा सहभागिता गराउने कार्यक्रम संयोजक गोविन्द पुनले बताए ।
‘खेलकुदको विकासँगै सामाजिक कार्यमा क्रियाशिल यस क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ’, संयोजक पुनले भने, ‘क्लबले दशै मेलामा आयोजना गर्ने कार्यक्रमबाट बचत भएको रकमले प्रजातन्त्र मावि र अमर प्राविका विद्यार्थीहरुलाई पुरस्कार प्रदान आएको छ, दशैमा मेलामा मात्र आयोजना नभएर सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छौं ।’
बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अ...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

